गायिका बिष्णु माझी प्रहरीकोमा जानुको रहस्य यस्तो रहेछ, माझिको बारेमा प्रहरीको आयो यस्तो चासो

सेयर गर्न नभुल्नुहोला

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी लोक तथा दोहोरी गायिका विष्णु माझी । उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै ट्याक्सीमा आएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन मानेनन् । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

प्रतीक्षा काफ्ले
स्याङ्जा — आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।

दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी। कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’ कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

गायिका विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारी (बायाँ) र विष्णु। स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा। तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। ‘कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने।

यो पनि पढ्नुस्
प्रहरीद्वारा गायिका माझीबारे चासो

विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए। छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन्। दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए।

विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए। अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले कान्तिपुरलाई बताए। राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो। सुन्दरमणिले ‘आफ्नो इच्छा’ हो भन्दै चर्को स्वरमा जवाफ दिए। छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे।

एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए। विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन्। कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे।

बाबु–छोरीबीच ११ वर्षपछि भेट
सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।

आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ। प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको हो। प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन्। छुट्टै कुरा गर्न पनि पाएनन्। विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन्। आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन्।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

संचारकर्मी तथा सर्जक सुजन बिश्वकर्मा भाबुकको सिर्जना ,अभिनय र स्वरमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुक को सांगीतिक […Read More]

राजा आउ देश बचाउ भन्दै सर्वसाधारणले यसरी पुर्वराजा ज्ञानेन्द्रको खुट्टैमा ढोगे

March 15, 2019 News Mala 0

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जानकी मन्दिरमा स्वागत गर्दै उनका समर्थक । तस्बिर : राजकरण महतो जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक […Read More]

जनकपुरमा देखिए सिके राउतका सुरक्षा गार्ड !

March 11, 2019 News Mala 0

२६ फागुन, जनकपुरधाम । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत […Read More]

अत्यन्तै दु:खद खबर – पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार रहेको हेलिकप्टर दुर्घटना, दुर्घटनामा परी ६ जनाको…

February 27, 2019 News Mala 0

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा […Read More]

सबैको मन जितेका कुलमानको अर्को प्रशंसनीय काम : काठमाण्डौमा ल्याउदै छन यस्तो योजना हेर्नुहोस

February 24, 2019 News Mala 0

नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको […Read More]

रोकिएन विमानस्थल इमिग्रेसनका कर्मचारीको चरम लापरवाही, यस्तो सम्म भेटियो हेर्नुहोस

February 24, 2019 News Mala 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने […Read More]

अस्ट्रेलियामा दर्ता नै नभएका कलेजको नाम बेचेर नेपालीको भविस्यमाथी खेलवाड गर्नेहरु कोको हुन त? हेर्नुहोस

February 23, 2019 News Mala 0

कलंकीको खसि बजारमा खसी बेचे जस्तै बागबजार र पुतलिसडकको कन्सल्टेन्सीहरुले बिधार्थीको भबिस्य बेचिरहेको गुनासो व्यापक छ। त्यस्तै इप्लानेट एजुकेसन नाम दिई खोलिएको एजुकेसन परामर्श केम्द्र […Read More]

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको यस्तो नियमले बनायो समस्या…

February 23, 2019 News Mala 0

पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम […Read More]

1 Trackback / Pingback

  1. बिस्वलाइ जितेका बडी बिल्डर महेश्वर महर्जन र मिस नेपाल श्रृङ्खला खतिवडा यसरी भए सम्मानित – News Mala

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.